खानेपानी मन्त्रीलाई जाजरकोटमा कालो झन्डा

खानेपानी मन्त्रीलाई जाजरकोटमा कालो झन्डा

जाजरकोट  । प्रधानमन्त्रीले हालै नियुक्त गरेका खानेपानी मन्त्री मणि थापालाई अनेरास्ववियूले कालो झन्डाले स्वागत गरेका छन । 

अनेरास्ववियूले दोस्रो चरणको आन्दोलन अन्तर्गत कामचलाउ सरकारका मन्त्रीलाई कालो झन्डा देखाउने कार्यक्रम अन्तर्गत जाजरकोट बोहरामा खानेपानी मन्त्री मणि थापालाई कालोझन्डा देखाएको हो ।

हिजो मात्र अनेरास्ववियूले देशभरमा दोश्रो चरणको आन्दोलनको घोषणा गरेको थियो । कालो झन्डा अनेरास्ववियूका केन्द्रिय सदस्य अटल आचार्य, ज्ञानु खड्का लगायत सहभागी थिए ।