गृहमन्त्रीद्वारा जेएन थपलियाको स्वास्थ्यावस्थाबारे जानकारी

गृहमन्त्रीद्वारा जेएन थपलियाको स्वास्थ्यावस्थाबारे जानकारी

चितवन । गृहमन्त्री रामबहादुर थापाले उपचाररत वाग्मती प्रदेशका मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार जेएन थपलियाको स्वास्थ्यावस्थाबारे जानकारी लिएका छन्। कोभिड–१९ संक्रमणसंगै निमोनियाका कारण बिरामी परेका थपलियाको अवस्था बुझ्न गृहमन्त्री थापा चितवन मेडिकल कलेज पुगेका हुन्।

भेटमा गृहमन्त्री थापाले थपलियाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै केहीबेर कुराकानी गरेका थिए। उनले थपलियाको उपचारमा संलग्न चिकित्सकसँग पनि उनको पछिल्ला स्वास्थ्यवस्थाबारे जानकारी लिए। 

कोरोना संक्रमण भएको एक हप्तापछि रिपोर्ट नेगेटिभ आए पनि थपलिया  एक महिनादेखि अस्पतालमा उपचाररत छन्। उनको छातीमा अझै समस्या देखिएकाले अस्पतालमै राखेर उपचार गरिएको छ।