प्रचण्ड-माधव समूहको स्थायी कमिटी बैठक पेरिसडाँडामा बस्दै

प्रचण्ड-माधव समूहको स्थायी कमिटी बैठक पेरिसडाँडामा बस्दै

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विभाजित समूहमध्ये पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षले स्थायी कमिटी बैठक बोलाएको छ। पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले जानकारी दिएका छन्‌। 

'दिउँसो १ बजेका लागि पेरिसडाँडामा बैठक बोलाइएको छ। बैठकमा दोस्रो चरणको आन्दोलनको बारेमा छलफल हुन्छ,' उनले भने। 

शनिबार दाहाल-नेपाल समूहले प्रधानमन्त्री केपी ओली र सरकारविरुद्ध दोस्रो चरणको आन्दोलन घोषणा गरेको थियो। यो समूहले पुस २० देखि माघ २३ गतेसम्मका आन्दोलनका कार्यक्रम घोषणा गरेको हो।