नेकपा विभाजनको असर प्रदेश २ मा पनि, संसदीय दलका नेता हटाउन अविश्वास प्रस्ताव दर्ता

नेकपा विभाजनको असर प्रदेश २ मा पनि, संसदीय दलका नेता हटाउन अविश्वास प्रस्ताव दर्ता

काठमाडौं । सत्तारुढ दल नेकपा विभाजनको असर प्रदेश २ मा पनि देखिको छ। प्रदेश २ का नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डलविरुद्ध पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षले अविश्वासको प्रस्ताव दर्ता गरेको हो। 

प्रदेशसभा सदस्य शत्रुधन महतोले बहुमत सदस्यहरूले नै अविश्वासको प्रस्ताव दर्ता गरेको बताएका छन्। प्रदेशसभामा नेकपाका ३२ सांसद छन्। यो प्रदेशको पार्टी संगठन र संसदीय दलमा प्रचण्ड(माधव पक्षको बहुमत छ। 

'आज अविश्वासको प्रस्ताव दर्ता गर्ने निर्णय भएको हो,’ महतोले भने, ‘आइतबार बैठक बसेर हटाइनेछ।’ प्रदेश २ मा जनता समाजवादी पार्टीको नेतृत्वमा सरकार छ।