प्रचण्ड र मसालका महामन्त्री मोहनविक्रमबीच भेटवार्ता, के भयो कुराकानी ?

प्रचण्ड र मसालका महामन्त्री मोहनविक्रमबीच भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौं । नेकपा मसालका महामन्त्री मोहनबिक्रम सिंहले विभाजित नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् । बिहीवार अपराह्न सिंह प्रचण्डलाई भेट्न उनकै निवास खुमलटारमा पुगेका थिए ।

सिंहले प्रचण्डपत्नी सीता दाहालको स्वास्थ्यस्थितिका बारेमा जिज्ञासा राखेको प्रचण्डकी छोरी तथा स्वकीय सचिव गङ्गा दाहालले फेसबूकमार्फत जानकारी दिएकी छन् । प्रचण्डपत्नी दाहालको स्वास्थ्यमा समस्या आएपछि बुधवार अस्पताल भर्ना गरिएको थियो ।

कम्युनिस्ट आन्दोलनका पुराना नेता मानिने सिंहले प्रचण्डसँग नेकपाको पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा पनि चासो राखेका थिए ।