प्रचण्ड निकट दुई सांसदहरूले ओलीलाई दिए साथ

प्रचण्ड निकट दुई सांसदहरूले ओलीलाई दिए साथ

जनकपुर । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकट २ जना प्रदेश सांसद नेकपा विभाजनपछि केपी शर्मा ओली समूहमा लागेका छन् । प्रचण्ड निकट सांसदहरु रामचन्द्र मण्डल र ज्वाला कुमारी साह ओली समुहमा लागेका हुन् । २ नम्बर प्रदेशका अध्यक्ष समेत रहेका नेता प्रभु शाह प्रधानमन्त्री ओलीको समुहमा लागेपछि मण्डल र शाह पनि ओली समुहमा लागेका हुन् । प्रभु अहिले शहरी विकासमन्त्री भएका छन् ।

दुवै जना प्रदेश सांसदहरुले ओली समूहले बीरगंजमा आयोजना गरेको प्रदेश भेलामा सहभागीता जनाएर आफ्नो लाईन स्पष्ट पारेका हुन् । २ नम्बर प्रदेशमा ठुलो संख्यामा शहरी विकासमन्त्री शाहसंगै नेता कार्यकर्ताहरु जाने अनुमान गरिएको छ ।

प्रदेश २ मा तत्कालीन नेकपा एमालेका २१ र तत्कालीन माओवादीका ११ जना गरी प्रदेश सभामा नेकपाका ३२ सांसद छन् । दुई जना प्रदेश सांसद ओली समुहतिर लागेसंगै २ नम्बर प्रदेशमा ओली समूहको सांसदको संख्या १९ पुगेको छ । शाहको २ नम्बर प्रदेशमा बलियो पकड रहेको छ ।