चिनियाँ कम्युनिस्ट पार्टीको टोली कांग्रेसका सभापति देउवालाई भेट्न बूढानीलकण्ठमा

चिनियाँ कम्युनिस्ट पार्टीको टोली कांग्रेसका सभापति देउवालाई भेट्न बूढानीलकण्ठमा

काठमाडौं । गत आइतबार नेपाल आएको चिनियाँ कम्युनिस्ट पार्टीको उच्चस्तरीय टोलीले आज प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेको छ ।

स्रोतका अनुसार चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको टोलीले देउवालाई अहिले बिहान साढे १० बजे उनकै निवास बूढानीलकण्ठ पुगेका छन्। भेटवार्तामा नेपालको समसामयिक विषयमा छलफल हुने स्रोतले जनाएको छ।

यसअघि चिनियाँ टोलीले आइतबार प्रधानमन्त्री र राष्ट्रपति तथा सोमबार नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनाल तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसँग भेटवार्ता गरेको थियो।