तत्काल अध्यादेश फिर्ता गरेर संसद्‍ अधिवेशन बोलाउन कांग्रेसको माग

तत्काल अध्यादेश फिर्ता गरेर संसद्‍ अधिवेशन बोलाउन कांग्रेसको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संवैधानिक परिषदसम्बन्धी अध्यादेश तत्काल फिर्ता गरी संसद् अधिवेशन बोलाउन सरकारलाई माग गरेको छ। कांग्रेस संसदीय दलको कार्यसमितिको बैठकले अध्यादेश फिर्ता गरी संसद् अधिवेशन बोलाउन माग गरेको हो। 

‘संवैधानिक परिषदसम्बन्धी अध्यादेश संविधान विपरीत छ,’ कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले भने, ‘जनताको समस्याहरू बेवास्ता गरेर पार्टीको बैठकका कारण संसद् बन्धक बनाइएको छ। त्यसैले अब कत्ति पनि ढिला नगरी संसद बैठक बोलाउन आजको बैठकले माग गरेको छ।’

खाँणले सरकार कोरोना महामारीमा जनताको जीउधनको सुरक्षा गर्न, राष्ट्रको अर्थतन्त्र जोगाउन, स्वास्थ्य सुरक्षाप्रति ध्यान दिन असफल रहेकोले ठहर बैठकले गरेको जानकारी दिए। ‘आफ्नो असफलतालाई ढाकछोप गर्न निरङ्कुश बन्ने र सर्वसत्तावादी सोचलाई अगाडि बढाउन नै यो अध्यादेश ल्याएको हो’ उनले भने, ुकांग्रेसले सडक र सदन दुबै ठाउँबाट सरकारलाई खबरदारी गर्नेछ।ु