सिरहा जाँदै गृहमन्त्री गुरुङ: मृतक यादवका परिवारलाई भेट्ने र सुरक्षा अवस्थाको जानकारी लिने

सिरहा जाँदै गृहमन्त्री गुरुङ: मृतक यादवका परिवारलाई भेट्ने र सुरक्षा अवस्थाको जानकारी लिने

विराटनगर। गृहमन्त्री सुधन गुरुङ आज सिरहा जाने भएका छन्। सिरहामा उनले हालैको घटनामा ज्यान गुमाएका गणेश यादवका परिवारलाई भेट्ने कार्यक्रम छ।

सुनसरीको देवानगञ्जमा यो जानकारी दिँदै गृहमन्त्री गुरुङले बिहीबार राति कप्तानगञ्ज पुगी मृतकका आफन्तसँग संवाद गरेका थिए। सो क्रममा मन्त्री गुरुङको उपस्थितिमा पीडित पक्ष र सरकारबीच सात बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको छ।

सहमतिपश्चात् विराटनगर आइपुगेका गृहमन्त्री केही समयको बसाइपछि सिरहातर्फ प्रस्थान गर्नेछन्। सुनसरीमा भएको हिंसात्मक झडपको असर मधेश प्रदेशका अन्य जिल्लाहरूमा पनि परेपछि सिरहामा प्रहरीको गोली लागेर धनगढीमाई नगरपालिका–तुलसियाहीका गणेश यादवको मृत्यु भएको थियो।

सिरहा भ्रमणका क्रममा गृहमन्त्री गुरुङले मृतक यादवका परिवारजनलाई सान्त्वना दिनेछन् भने जिल्लाको शान्ति सुरक्षाको पछिल्लो वस्तुस्थितिबारे स्थानीय सुरक्षा निकायका अधिकारीहरूसँग छलफल गर्ने कार्यक्रम रहेको छ।

छुटाउनुभयो कि ?