काठमाडौं। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर निर्धारण गरेको छ। केन्द्रीय बैङ्कले सार्वजनिक गरेको विवरण अनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ७४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ३४ पैसा तोकिएको छ। यस्तै, युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ र बिक्रीदर १७४ रुपैयाँ ६८ पैसा कायम भएको छ भने युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपैयाँ ०८ पैसा र बिक्रीदर २०३ रुपैयाँ ८७ पैसा रहेको छ। स्विस फ्र्याङ्क एकको खरिददर १८६ रुपैयाँ ३३ पैसा र बिक्रीदर १८७ रुपैयाँ ०६ पैसा तोकिएको छ।
भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिँदा अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ०३ पैसा र बिक्रीदर १०६ रुपैयाँ ४५ पैसा रहेको छ। क्यानेडियन डलरको खरिददर १०८ रुपैयाँ २९ पैसा र बिक्रीदर १०८ रुपैयाँ ७२ पैसा तोकिँदा सिङ्गापुर डलर एकको खरिददर ११८ रुपैयाँ २१ पैसा र बिक्रीदर ११८ रुपैयाँ ६७ पैसा पुगेको छ। यसैगरी जापानी येन १० को खरिददर नौ रुपैयाँ ३४ पैसा र बिक्रीदर नौ रुपैयाँ ३७ पैसा तथा चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ५८ पैसा र बिक्रीदर २२ रुपैयाँ ६६ पैसा कायम गरिएको छ।
वैदेशिक रोजगारीका प्रमुख गन्तव्य मानिने खाडी मुलुक तथा मलेसियाली मुद्रातर्फ साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ६९ पैसा र बिक्रीदर ४० रुपैयाँ ८४ पैसा, कतारी रियालको खरिददर ४१ रुपैयाँ ९० पैसा र बिक्रीदर ४२ रुपैयाँ ०६ पैसा तथा युएई दिरामको खरिददर ४१ रुपैयाँ ५९ पैसा र बिक्रीदर ४१ रुपैयाँ ७५ पैसा तोकिएको छ।
मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५० पैसा, कुवेती दिनारको खरिददर ४९६ रुपैयाँ १५ पैसा र बिक्रीदर ४९८ रुपैयाँ १० पैसा, बहराइन दिनारको खरिददर ४०५ रुपैयाँ ०७ पैसा र बिक्रीदर ४०६ रुपैयाँ ६६ पैसा तथा ओमनी रियालको खरिददर ३९६ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३९८ रुपैयाँ २७ पैसा रहेको छ।
अन्य मुद्राहरूमा थाइ भाट एकको खरिददर चार रुपैयाँ ५६ पैसा र बिक्रीदर चार रुपैयाँ ५८ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ५३ पैसा र बिक्रीदर १० रुपैयाँ ५७ पैसा, स्विडिस क्रोनरको खरिददर १५ रुपैयाँ ७४ पैसा र बिक्रीदर १५ रुपैयाँ ८० पैसा, डेनिस क्रोनरको खरिददर २३ रुपैयाँ २८ पैसा र बिक्रीदर २३ रुपैयाँ ३७ पैसा तथा हङकङ डलरको खरिददर १९ रुपैयाँ ४८ पैसा र बिक्रीदर १९ रुपैयाँ ५५ पैसा निर्धारण गरिएको छ। राष्ट्र बैङ्कका अनुसार यो विनिमय दरलाई आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिनेछ। वाणिज्य बैङ्कहरूले तोक्ने विनिमय दर भने केही फरक हुन सक्ने र अद्यावधिक दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।