काठमाडौं। काठमाडौंको कीर्तिपुरस्थित चाँदनीचोकमा कारभित्र जलेको अवस्थामा एक जनाको शव फेला परेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंकाअनुसार स्थानीयले कारभित्र एक व्यक्ति जलेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ।
प्रहरीकाअनुसार घटनाको प्रकृति, मृतकको पहिचान तथा आगलागीको कारणबारे तत्काल केही खुल्न सकेको छैन। घटनास्थलको मुचुल्का उठाउने, प्रमाण संकलन गर्ने तथा प्राविधिक परीक्षणसहित आवश्यक अनुसन्धान भइरहेको जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा खटिएको छ। प्रहरीले घटनाका सबै पक्षबाट अनुसन्धान अघि बढाइएको र थप विवरण अनुसन्धानपछि सार्वजनिक गरिने जनाएको छ।