संवैधानिक परिषद्सम्बन्धी अध्यादेश तुरुन्तै खारेज गरियोस्ः शेखर कोइराला

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश तुरुन्तै खारेज गरियोस्ः शेखर कोइराला

काठमाडाैं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले संविधानको मर्म र भावनाविपरीत ल्याइएको अध्यादेश खारेज गर्नुपर्ने माग गरेका छन् । उनले अध्यादेशलाई अधिनायकवादको सिंढीको संज्ञा दिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलवार अध्यादेश जारी गरेपछि सामजिक सञ्जाल ट्विटरमार्फत कोइरालाले अध्यादेश खारेजीको माग गरेका हुन् ।

‘संविधानको मर्म र भावनाविपरीत ल्याइएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश तुरुन्तै खारेज गरियोस् । यो अध्यादेश हामीले भन्दै आएको अधिनायकवादको सिंढी हो,’ कोइरालाले भनेका छन् । 

मंगलवारका लागि बोलाइएको बैठक सभामुखले बहिस्कार गरेपछि परिषद्को बैठकमा कोरम पुर्‍याउन सरकारले राष्ट्रपतिसमक्ष अध्यादेश सिफारिश गरेको थियो । रिक्त संवैधानिक निकायमा नियुक्तिको सिफारिशका लागि परिषद्को बैठक साँझ ५ बजे पुनः बस्दैछ ।