बाइडनलाई अमेरिकाको अवैध राष्ट्रपति बन्न दिन्नँ : डोनल्ड ट्रम्प

बाइडनलाई अमेरिकाको अवैध राष्ट्रपति बन्न दिन्नँ : डोनल्ड ट्रम्प

न्यूयोर्क । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले निर्वाचन अझै नटुंगिसकेको र देशमा अवैध राष्ट्रपति आउन नदिन आफूले प्रयास गर्ने बताएका छन् । आइतबार प्रसारण गरिएको फक्स यान्ड फ्रेन्ड्स अन्तर्वार्तामा ट्रम्पले यो टिप्पणी गरेका हुन् । आज इलेक्टोरल कलेजले जो बाइडनलाई आधिकारिक रूपमा राष्ट्रपति निर्वाचित गर्नका लागि मतदान गर्दैछ । 

‘यो अझै सकिएको छैन,’ ट्रम्पले फक्सलाई बताए । ‘हामी प्रयास जारी राख्नेछौं र अघि बढिरहनेछौं । हामीसँग अनेकौं स्थानीय मुद्दाहरू छन् ।’ आफूले पेन्सिल्भेनिया, मिशिगन र जर्जिया जितेको र विस्कोन्सिनमा एउटा मुद्दा चलिरहेको उनले दाबी गरे । 

तर टेक्ससले कैयौं राज्यमा मतदान धाँधली भएको भन्दै दायर गरेको मुद्दालाई सर्वोच्च अदालतले खारेज गरिदिएको छ । फक्सका ब्रायन किलमीडसँग न्युयोर्कमा कुराकानी गर्दै ट्रम्पले निर्वाचनमा धाँधली गरिएको र आफूलाई अनेकौं राज्यमा जीतबाट वञ्चित गरिएको बताए । ‘यो धाँधलीपूर्ण निर्वाचन थियो । यो झूटो र लज्जास्पद थियो,’ राष्ट्रपतिले भने । 

स्थानीय डेमोक्रेटहरूले रिपब्लिकन समकक्षीहरूलाई निर्वाचनमा धाँधली गरी मूर्ख बनाएको ट्रम्पले दाबी गरे ।