अभिनेत्रीको सेल्फीमा भूत देखिएपछि तस्विर भाइरल

अभिनेत्रीको सेल्फीमा भूत देखिएपछि तस्विर भाइरल

काठमाडौं । हलिउडकी चर्चित अभिनेत्री अल्बाले एक भूतसँगको सेल्फी पोस्ट गरेकी छन् ।  उनी आफ्नो कोठामा उभिएकी छन् भने, उनको पछाडि कसैको छायाँ देखिएको छ । 

वेबसाइट एसीशोबीज डटकमका अनुसार फेन्टास्टिक फोरकी अभिनेत्रीले इन्स्टाग्राम र फेसबुकमा आफ्नो तस्वीर शेयर गरेकी थिइन् । तस्वीरमा केवल उनको अनुहार मात्र देखिँदैनथ्यो । उनको पछाडी कसैको छायाँ पनि देखिन्थ्यो । 

यो छाँया उनको काँधभन्दा पछि छ । जो एकदम धमिलो, अपारदर्शी र काला आँखा गरेको छ । अभिनेत्रीले तस्वीरको शीर्षक हैरान परेको अनुहारवाला इमोजीको साथ शेयर गरेकी छन् । साथै उनले लेखेकी छन्, मलाई थाहा छैन यो के हो ।’

अधिकांशले यो अजीवको देखिने छायाँलाई भूत भनिरहेका छन् । उनको सो तस्विर सामाजिक सञ्जालहरुमा भाएरल भैरहेको छ ।