'आर्या' चलचित्रमा मानुङ डाडाको प्राकृतिक सौन्दर्य !

'आर्या' चलचित्रमा मानुङ डाडाको प्राकृतिक सौन्दर्य !

काठमाडाैं । यतिबेला दमौलीको मानुङ डाडा आन्तरिक पर्यटनका दृस्टीले रातारात सुप्रसिद्ध भएको छ । त्यही मानुङ डाडाको मनोरम स्थानमा  छायांकन भएको नेपाली कथानक चलचित्र 'आर्या'को गीत अब ओ एस आर डिजिटल युटुब च्यानल मार्फत मंसिर १ गतेबाट हेर्न सकिन्छ । तिमिल्सिना फिल्म प्रडक्सनबाट निर्माण सप्पन्न भएको नेपाली कथानक चलचित्र 'आर्या' मुलुकमा लकडाउनका कारण प्रदर्शनका लागि थाती रहेको थियो । 

प्रसिद्ध गायिका मेलिना राइको सुमधुर स्वर रहेको रास्ट्रभावले ओतप्रोत  यो गीतमा प्रसिद्ध नृत्य निर्देशक कविराज गहतराजको नृत्य निर्देशन ,सङ्गीतकार राम सिटौलाको सङ्गीत, गीतकार लक्ष्मण सिटौलाको शब्द रहेको छ भने यस चलचित्रलाई उपेन्द्र तिमिल्सिनाले निर्देशन गरेका छन् ।

नेपाली चलचित्रको इतिहासमा रास्ट्रिय झन्डाको व्यापक प्रयोग गरि दृश्य छायांकन गरिएको सम्भवत यो नै पहिलो पटक हो। झन्डालाई नेपाल र नेपालीको आत्मसम्मान र रास्ट्र गौरवको प्रतीक मान्नुपर्छ भन्ने एउटा महत्वपूर्ण शन्देश दिने यो गीतले नेपालको आफ्नै गौरव गाथा बोलेको छ ।

गीतमा तनहुको मानुङ डाडाको मनोरम दृश्य बडो रोचक ढंगले दृस्यान्कन गरिएको हेर्न पाइन्छ । मानुङको सम्पुर्ण प्राकृतिक  सौन्दर्य  कैद गरिएको यो गीतमा शिल्पा पोखरेल र अन्य नृत्य कलाकारहरुको बेजोड कलाकारिता देख्न सकिन्छ। यो गीतले अहिलेको बिश्व परिवेशमा रास्ट्रभक्ती ,स्वतन्त्रता ,नेपाल र नेपालको अभिभाज्य मन मुटु र झन्डाको महिमा अभिव्यक्त गरिएको छ । मानुङको प्राकृतिक सौन्दर्य र नेपालीको रास्ट्र प्रेम यहि शैल छायांमा घोलिएको यो गीतले सम्पुर्ण दर्शक श्रोताको मन जित्ने छ ।