हास्य कलाकार मनोज गजुरेलले दोस्रो विवाह गर्दै

हास्य कलाकार मनोज गजुरेलले दोस्रो विवाह गर्दै

काठमाडौं । हास्य कलाकार मनोज गजुरेलले दोस्रो विवाह गर्ने भएका छन् । एक अन्तर्वार्ताको क्रममा गजुरेलले आफूले छिट्टै नै बिहे गर्न लागेको कुरा बताएका हुन् ।

‘चाँडै नै तपाईंहरुको शुभकामना, सुझाव, सल्लाह अनुसार मैले मेरो जीवनमा कोही साथी जोड्दै छु। हामी जोडिंदै छौं। अहिलेलाई यति मात्र भनौं’ उनले भनेका छन् । दोस्रो बिवाह हुने बताए पनि उनले को सँग बिहे हुने भन्ने बारेमा भने केही खुलाएनन् ।

कलाकार गजुरेल र मीना ढकालले ३ बर्ष अघि सहमतिमै सम्बन्ध विच्छेद गरेपछि उनले पहिलो पटक आफ्नो बिहेका बारेमा खुलेर कुरा गरेका हुन् । उनीहरुबाट एक छोरा र एक छोरी छन् ।