प्रचण्ड-नेपाल समूहको विद्यार्थी भेलामा रामकुमारी झाक्रीले भनिन्-'अरिंगाल होइन‚ मौरी हुनुस्'

प्रचण्ड-नेपाल समूहको विद्यार्थी भेलामा रामकुमारी झाक्रीले भनिन्-'अरिंगाल होइन‚ मौरी हुनुस्'

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीकी सांसद रामकुमारी झाक्रीले मौरीजस्तो भएर पार्टी एकतामा लाग्न आग्रह गरेकी छन्। थापाथलीमा आयोजित प्रचण्ड माधवनेपाल समूहका विद्यार्थीको एक कार्यक्रममा झाक्रीले अरिंगाल होइन मौरीजस्तो भएर पार्टी एकताको पक्षमा लाग्न पार्टीका नेतृत्ववर्गलाई आग्रह गरेकी हुन्।

कार्यक्रमका बीच उनले व्यक्तिको पूजा गर्ने प्रवृत्तिलाई त्याग्दै विधि र पद्धतिको पक्षमा लाग्नसमेत आह्वान गरेकी छन्। आफूहरू पार्टी एकताको पक्षमा भएको बताउँदै उनले समाजवाद जप्ने दलाल पुजीँवादलाई पोस्ने काम भएको आरोप लगाएकी छन्।

अनेरास्ववियू अहिले एकताको पक्षमा लागेको भन्दै उनले एकताविरोधी गतिविधि गर्नेलाई खबरदारी गर्न सबैलाई आग्रह गरिन्।