नेकपा विवादः प्रचण्डलाई भेटेर राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगे पोखरेल

नेकपा विवादः प्रचण्डलाई भेटेर राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगे पोखरेल

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र चुलिएको संकट समाधानका निम्ति उपप्रधानमन्त्रीसमेत रहेका सचिवालय सदस्य ईश्वर पोखरेलले दौडधूप थालेका छन् । पोखरेलले शुक्रवार बिहान कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई खुमलटारमा भेट गरेपछि राष्ट्रपति कार्यालय पुगेका हुन् ।

शीतलनिवासमा पोखरेल र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भइरहेको छ । नेकपा विवाद समाधानका निम्ति पछिल्लो समय राष्ट्रपति भण्डारीले पनि निकै कसरत गरिरहेकी छन् ।

बिहीवार उनले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष प्रचण्डलाई छुट्टाछुट्टै भेटवार्ता गरेकी थिइन् ।