कोरोनाको प्रभावले जन्मदिनमा संगीतिक कोशेली पस्कन सकिन, बृक्षरोपण गरेर मनाएः लोकगायक कुवँर

कोरोनाको प्रभावले जन्मदिनमा संगीतिक कोशेली पस्कन सकिन, बृक्षरोपण गरेर मनाएः लोकगायक कुवँर

काठमाडाैं । लोकगायक साजन कुवँरले आफ्नो जन्मदिन वृक्षरोपण गरेर मनाएका छन् । जन्मदिनको अवसरमा आफ्नै निवासमा वृक्षरोपण गरेको उनको भनाई छ । जन्मदिनमा वृक्षरोपण भन्ने अभियानलाई पनि समर्थन गर्दै जन्मदिनमा वृक्षरोपण गरेको कुँवरले बताए । पर्यावरणलाई स्वच्छ राख्न यो अभियानले सघाउने उनको भनाई थियो । 

साथै जन्मदिनलाई लक्षित गरेर एक सांगीतिक कोशेली सार्वजनिक गर्ने तयारी गरेको भएपनि कोरोना भाइरसको कारण समय प्रतिकुल हुनाले त्यो सम्भव नभएको कुवँरले बताए । 

'जन्मदिनको अवसरमा एक सांगीतिक कोशेली दर्शकमाझ पस्कने योजना कोरोना भाईरसका कारण रोकियो । वृक्षरोपण गरेर जन्मदिन मनाए । कुनै औपचारिक कार्यक्रमको आयोजना गर्न अहिलेको माहोलले पनि साथ दिएन', उनले भने । 

गायक कुवँरको हालै सार्वजनिक भएको लोकगीत बाँसको डोकोलाई दर्शकले रुचाएका थिए ।