भ्रष्टाचारसम्बन्धी आरोपलाई ध्यान दिँदै प्रधानमन्त्री ओलीले पदत्याग गर्नु उपयुक्त : डा. बाबुराम भट्टराई

भ्रष्टाचारसम्बन्धी आरोपलाई ध्यान दिँदै प्रधानमन्त्री ओलीले पदत्याग गर्नु उपयुक्त : डा. बाबुराम भट्टराई

काठमाडौं । जनता समाजवादी नेपालका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले पदत्याग गर्नु उपयुक्त भएको बताएका छन्। बिहीबार एक ट्वीट गर्दै अध्यक्ष भट्टराईले प्रधानमन्त्री ओली यस्तो टिप्पणी गरेका हुन्। 

प्रधानमन्त्री ओलीले आफ्नै देशका जनता र अन्तर्राष्ट्रिय जगत समेतको भ्रष्टाचारसम्बन्धी संगीन आरोपलाई ध्यान दिँदै पदत्याग गर्नु र प्रायश्चित गर्नु उपयुक्त हुने उनको तर्क छ। उनले संरचनात्मक सुधार नगरी भ्रष्टाचार नरोकिनेसमेत जिकिर गरेका छन्।  शासकीय स्वरूप, निर्वाचन प्रणाली, जनलोकपाल र आर्थिक विकास ध्यान दिनुपर्ने उनको बताएका छन्।

'प्रधानमन्त्री ओलीले नैतिकता छ भने आफ्नै देशका जनता र अन्तर्राष्ट्रिय जगत समेतको भ्रष्टाचारसम्बन्धी यी संगीन आरोपलाई ध्यान दिँदै पदत्याग गर्नु र प्रायश्चित गर्नु उपयुक्त हुन्छ' उनले भनेका छन्, 'अनि यी संरचनात्मक सुधार नगरी भ्रष्टाचार रोकिन्न है। १, शासकीय स्वरूप, २, निर्वाचन प्रणाली, ३, जनलोकपाल, ४, आर्थिक विकास।'

ट्रान्सपरेन्सी इन्टरनेसनलको एसियाको प्रतिवेदनमा प्रधानमन्त्री ओलीले भ्रष्टाचारका आरोपी रक्षा गरेको उल्लेख गरेको सार्वजनिक गरेपछि नेता भट्टराईले प्रधानमन्त्री ओलीले पदत्याग गर्नुपर्ने बताएका हुन्।