बाइडन मन्त्रिपरिषद् गठनको तयारीमा, ट्रम्पको अवरोध कायमै

बाइडन मन्त्रिपरिषद् गठनको तयारीमा, ट्रम्पको अवरोध कायमै

काठमाडौं । अमेरिकाका राष्ट्रपति–निर्वाचित जो बाइडनले यसै साता मन्त्रिपरिषद्का शीर्ष सदस्यहरूको नाम सार्वजनिक गर्न लागेका छन् ।  उता राष्ट्रपति डोनल्ड ट्रम्प नोभेम्बर ३ मा सम्पन्न निर्वाचनका विषयमा प्रश्न उठाइरहेका छन् । 
 
अनुसन्धानकर्मीहरूले हजारौं हजार नक्कली मतहरू फेला पारेको जसले कम्तीमा चारवटा राज्यको नतिजा उल्ट्याउन सक्ने भनी उनले शनिवार बताए । अदालतहरूले निर्वाचनको गरिमा कायम राखेर गर्नुपर्ने जे हो त्यो गर्नुपर्ने उनले बताए । ट्रम्प पक्षले जर्जिया राज्यको मत पुनः गणना गराउन सक्छ तर त्यहाँका रिपब्लिकन नेताहरूले निर्वाचन परिणामका विषयमा ट्रम्पले उठाएको प्रश्नलाई मन पराइरहेका छैनन् । 

‘मिशिगनको निर्वाचन परिणाम बदल्ने कुनै सूचना हामीले पाएका छैनौं । यहाँका विधायकका रूपमा हामी कानून र सामान्य प्रक्रिया अपनाउँछौं र यस निर्वाचनभरि हामीले त्यही गर्दै आएका छौं,’ रिपब्लिकनको नियन्त्रणमा रहेको हाउसका सभामुख माइक ली च्याटफील्ड र सिनेटका नेता माइक शर्कीले ट्रम्पलाई ह्वाइट हाउसमा भेटघाट गरेपछि संयुक्त विज्ञप्ति निकालेर जानकारी दिए ।