कांग्रेसका थप ६ जना केन्द्रीय सदस्यमा कोरोना संक्रमण पुष्टि

कांग्रेसका थप ६ जना केन्द्रीय सदस्यमा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपाली कांग्रेसका थप छ जना केन्द्रीय सदस्यलाई कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार केन्द्रीय सदस्य, पार्टी कार्यालयका कर्मचारीलगायत ८२ जनाको पीसीआर परीक्षण गरिएकोमा ६ जना केन्द्रीय सदस्यमा संक्रमण पुष्टि भएको हो ।

केन्द्रीय सदस्यहरु सुरेन्द्र पाण्डे, श्याम घिमिरे, किरण यादव, सुजाता परियार, नसिर सिद्धिकी र कृष्ण किसोर घिमिरेमा संक्रमण देखिएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ । छ जना केन्द्रीय सदस्यसँगै एकजना नेताका सुरक्षाकर्मी र एकजना चालकको पनि रिपोर्ट पनि पोजेटिभ आएको छ ।

यसअघि केही केन्द्रीय सदस्यमा कोरोना संक्रमण पुष्टि भएपछि केन्द्रीय समिति बैठक स्थगित भएको थियो । शुक्रबारका लागि बोलाइएको बैठक अघि बैठक बोलाइएको हो । नेताहरुका सहमति जुटन नसकेपछि बैठक भने २४ गतेलाई सारिएको छ ।