काठमाडाैं । सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री खड्ग ओली र उपप्रधान एवं विनाविभागीय मन्त्री ईश्वर पोखरेलले बुधबारदेखि औपचारिक ढंगबाटै समानान्तररुपमा बेग्लै पार्टी सञ्चालन गर्न थालेका छन् ।
ओलीले अध्यक्षकै रुपमा र पोखरेलले अघोषित ढंगबाट महासचिवका रुपमा प्रदेश– १ का उनीहरु समर्थक नेता–कार्यकर्तासँग जुम मिटिङ गरेर समानान्तर पार्टीको सञ्चालन थालेका हुन् । झन्डै तीन वर्षसम्म केन्द्र, प्रदेश र केही जिल्लाबाहेक तल्लो निकायका प्रायः पार्टी कमिटीबीच एकता सम्पन्न गरेर कमिटी नै बनाउन नसकेका उनीहरुले हाललाई समानान्तर पार्टीका रुपमा ‘मदन भण्डारी फाउन्डेसन’ लाई छिटोभन्दा छिटो वडास्तरसम्म विकसित र व्यवस्थित गर्ने प्रक्रिया थालेका छन् ।
पार्टी एकताका क्रममा खारेज भैसकेको ‘जनताको बहुदलीय जनवाद ९जबज०’ लाई ब्युँताएर सोही फाउन्डेसनमार्फत व्यापक प्रचारप्रसार र स्थापित गर्ने निर्णय पनि उनीहरुले लिएका छन् । पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को खुल्लमखुला उछित्तो काड्दै अनि वरिष्ठ नेता माधवकुमार नेपाल र उनी पक्षधरहरुलाई सांकेतिक भाषामा आलोचना गर्दै आगामी महाधिवेशनका माध्यमबाट पार्टी कब्जा गरेर पुरानै एमाले यथावत संस्थागत गर्ने तयारी ओली–पोखरेलले अघि बढाएका हुन् भनेर आजको कान्तिपुर दैनिकमा खबर छ ।