अमेरिकी राष्ट्रपति निर्वाचनको मत परिणाममा कडा टक्कर, बाइडन अगाडि, ट्रम्प पछिपछि

अमेरिकी राष्ट्रपति निर्वाचनको मत परिणाममा कडा टक्कर,  बाइडन अगाडि, ट्रम्प पछिपछि

काठमाडौं । अमेरिकी राष्ट्रपति निर्वाचनको मत परिणाम धमाधम आइरहेको छ। राष्ट्रपति पदका उम्मेदवार रिपब्लिकनका डोनाल्ड ट्रम्प र डेमोक्रेटिक जो बाइडनबीच कडा प्रतिष्पर्धा भइरहेको छ। वाइडेनसँग अहिले पनि ट्रम्प पछाडि छन् । बाइडनले २२४ भोटका साथ अग्रता बनाइरहँदा ट्रम्प ७ भोटले पछि परेका छन्। सुरुमा ठूलो मतान्तरले पछि परेका ट्रम्पले  पछिल्लो समय पकड बनाउँदै लगेका छन्। बाइडले २२४ इलेक्ट्रोरल भोट पाउँदा ट्रम्प २१३ भोटसहित पछ्याउँदैछन्। 

अमेरिकामा राष्ट्रपति निर्वाचित हुन २ सय ७० इलेक्टोरल मत प्राप्त गर्नुपर्छ। यो पटक राष्ट्रपतिमा को निर्वाचित हुन्छ भन्‍ने पक्का गर्न कठिन भएको छ। बाइडनले निर्वाचन जित्ने दाबी गरेका छन्। डेलभेरबाट सम्बोधनका क्रममा बाइडनले भने, ‘हामी जहाँ छौँ, हामी खुसी छौँ। हामीलाई विश्वास छ यो निर्वाचन जित्ने दिशामा छौँ।’

उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मतगणनाबीच ट्वीट गर्दै आफ्ना प्रतिद्वन्द्वीमाथि 'चुनावमा चोरी' को आरोप लगाएका छन्। अमेरिकी राष्ट्रपति चुनावको परिणामकै क्रममा डेमोक्रेट उम्मेदवार जो बाइडनले भाषण गर्दै अहिले आइरहेको परिणामप्रति आफू खुसी रहेको बताएका छन्।