केपी ओलीको रत्तिभर विस्वास गर्दैनन् माधव नेपाल

केपी ओलीको रत्तिभर विस्वास गर्दैनन् माधव नेपाल

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका शीर्ष नेताहरुबीच अन्तरद्वन्द चर्किरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको आगामी नेतृत्वको लागि वरिष्ठ नेता माधवकुमार नेपाललाई प्रस्ताव गरे पनि नेपालको विश्वास जित्न सकेका छैनन। प्रधानमन्त्री ओलीले धेरै पटक उधारो आश्वासन दिएकाले उनले तत्कालै पत्याइहाल्ने र विश्वासमा परेर ओलीलाई सहयोग गरिहाल्ने अवस्था नभएको हो।

ओलीले नेपाललाई धेरै पटक धोका दिएकाले अहिले पनि विश्वास नगरेको नेपाल निकट नेताहरुको दावी छ। ‘अहिले अवस्थामा माधव नेपाललाई दिएको आश्वासन समास्याको सामाधन होइन ओलीले तेस्रो अध्यक्षको प्रस्ताव नै गरेका थिए तर उहाँले विधि पद्धतिको कुरा उठाउँदै आउनु भएकाले अहिले गरिएको प्रस्तावको पनि कुनै अर्थ छैन’, माधव नेपाल निकट एक स्थायी कमिटी सदस्यले भने। उनका अनुसार कुरा गर्ने काम नगर्ने भएर अविश्वास भएको बढेको हो। त्यसको समाधान व्यवहारमा खोज्नु पर्यो। ‘संस्थागत ढंगले चल्नुपर्यो भन्ने माधव नेपालको भनाई हो उहाँलाई पदको आवश्यकता होइन’, ती स्थायी कमिटी सदस्यको भनाई थियो।

नेपाल निकट स्थायी कमिटी सदस्य बेदुराम भूसालले भने भदौ २६ स्थायी कमिटीको बैठक सकिएपछि नेताहरुमा किन समस्या आएको छ यो समस्यालाई हल गर्न नेताहरु किन व्यक्ति व्यक्ति भेट गरिरहनु भएको छ यसले तत्कालिन समस्या नै समाधान पनि भएन भने दीघकालिन समस्या कसरी समाधान गर्न सकिन्छ भनेर विश्वास गर्न सकिने आधार नभएको बताए। उनले ओली नेपालको भेटमा के के कुराकानी भयो भन्ने बारेमा आफूलाई जानकारी नभएको समेत बताए। ‘उहाँहरुबीच पारिवारिक कुराकानी भयो होला तर नेताहरु भेटघाट भएपछि मिडिया समाचार आउने भएकाले त्यसको महत्व बढेको हो उहाँहरुबीच के के विषयमा कुराकानी भयो भन्ने मलाई जानकारी छैन’, नेपाल निकट स्थायी कमिटी सदस्य भूसालले भने।

अर्का एक नेताका अनुसार ओलीले अहिले महाधिवेशनमा सहयोग गर्छु वा आगामी नेतृत्व लिन तयार हुनुस् भन्नुको कुनै अर्थ छैन। महाधिवेशन आफैमा सर्वोच्च संस्था हो, महाधिवेशनलाई ‘मिनिमाइज’ गर्ने अवमूल्यन गर्ने कुरा हुँदैन कुनै पनि एक नेताले भनेको मान्नुपर्छ भन्ने खालको अवस्थामा महाधिवेशन होला र रु त्यसकारण त्यतिबेलाको परिस्थितिमा त्यतिबेलै कुरा गर्न सकिन्छ’, ती नेताको भनाई छ। उनका अनुसार एक जना नेता वा दुई जना मिलेर हुँदैन सिंगो पार्टी एकताबद्ध हुदैन पार्टी एकताको लागि चाहि संस्थारुपमा पार्टी सञ्चालन गर्नुपर्छ पार्टी संस्थागत रुपमा सञ्चालन भए व्यक्ति व्यक्ति भेटवार्ता गरिरहनु नै पर्देन विधि र पद्धति अनुसार पार्टी सञ्चालन हुन्छ।

‘भदौ २६को स्थायी कमिटी बैठक सकिएपछि ओली र दाहाल लगातार भेटवार्ता गरेकै तर कुनै उपलब्धी भएन झन समस्या देखियो अहिले ओली र नेपाल भेटिरहेका छन् यसको पनि अर्थ छैन’, ती नेताको भनाई छ। उनका अनुसार पार्टीभित्र चरम व्यक्तिवाद हावी भयो। ‘जबसम्म पार्टीभित्र व्यक्तिवादी चरित्र स्वाभाव हावी हुन्छ तबसम्म यो अवस्था आइरहन्छ’, उनले भने। नेपाल निकट रहेका स्थायी कमिटी सदस्य वेदुराम भूसाल पनि यो विषयलाई स्वीकार गर्छन्। ‘नेपालका पार्टीहरुमा व्यक्तिवाद हावी छ नेकपाभित्रको समस्या पनि यही हो’, नेता भूसालले भने। विधि पद्धति नमान्ने हो। संस्थागत ढंगले नचल्ने प्रवृत्ति बढेको छ। स्वार्थ त्यसले गर्दा समस्या आइलाग्छ। अपरादर्शी कार्यशैलीले पनि समस्या निम्त्याएको उनको भनाई छ।

नेपाल निकट नेताहरुका अनुसार ओलीले नेतृत्व लिन गरेको प्रस्तावले तत्कालिन समस्याको समाधान नभएकाले यसलाई अल्मल्याउन बाटो मात्रै भएको बताउँदै आएका छन्।

माधव नेपालसँग भेटघाट भैरहेकै बेलामा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना निकट सहयोगी नेताहरुलाई खुमलटार पठाएर संवाद शुरु गर्न खोजिरहेका छन्। बुधबारदेखि नै ओली निकटका नेताहरुले दुई अध्यक्षबीचको संवाद शुरु गर्ने प्रयास गरेपनि सफल हुन सकेका छैनन। बुधबार महासचिव विष्णु पौडेल र सुवास नेम्वाङ, विहिबार शंकर पोखरेल तथा शुक्रबार परराष्ट्रमन्त्री प्रदीप ज्ञावाली खुमलटार पुगेर संवाद शुरु गर्ने विषयमा कसरत गरेका थिए। टपेन्द्र कार्कीले नागरिकमा लेखेका छन् ।

त्यहीबीचमा ओलीले दाहाललाई फोन गरेर बालुवाटार बोलाएपनि दाहाल आफू कोरोना संक्रमणमा परेका नेताहरुको सम्पर्कमा रहेका कारण तत्काल बालुवाटार आउन नसक्ने जानकारी दिएर टारेका छन्। बुधबार संसदीय दलका उपनेता नेम्वाङलाई पनि सोही जानकारी गराएका दाहालले शुक्रबार ज्ञावालीलाई पनि त्यसै भनेर टारेका थिए।