माओवादी केन्द्रको अध्यक्षबाट किरातीले दिए राजीनामा

माओवादी केन्द्रको अध्यक्षबाट किरातीले दिए राजीनामा

काठमाडौं । पुनर्गठित माओवादी केन्द्रका अध्यक्ष गोपाल किरातीले पार्टी अध्यक्षबाट राजीनामा दिएका छन् । पार्टीभित्र अल्पमतमा परेपछि किरातीले राजीनामा दिएका हुन्। उनको राजीनामापछि वरिष्ठ उपाध्यक्ष तिलक थापामगरलाई पार्टी अध्यक्षको जिम्मेवारी दिइएको छ। 

पार्टीमा अल्पमत बहुमत भन्दा पनि स्वास्थ्यका कारण किरातीले अध्यक्षको जिम्मेवारी छोडेको महासचिव कर्णजित बुढाले बताए। 

मंसिर पहिलो साता पार्टीको केन्द्रीय कमिटी बैठकले नयाँ नेतृत्व चयन गर्ने बुढाले बताए । एमाले–माओवादी एकता भएपछि किरातीले माओवादी केन्द्र पुनर्गठन गरेका थिए । किरातीले झण्डै तीन वर्षयता पार्टी अध्यक्षको जिम्मेवारी सम्हालेका थिए ।