नेकपाका सांसदहरूले दशैं तिहारको भत्ता फिर्ता गर्ने

नेकपाका सांसदहरूले दशैं तिहारको भत्ता फिर्ता गर्ने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाले आफ्ना सांसदले पाउँदै आएको दशैं तिहारको भत्ता फिर्ता गर्ने निर्णय गरेको छ । राष्ट्रिय सभा र प्रतिनिधि सभाका सांसदहरुको छलफलपछि पार्टी दलका नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीले दशैं तिहारको भत्ता नलिने निर्णय गरेको दलका उपनेता सुवासचन्द्र नेम्वाङले बताए।

‘सधैंजसो सांसदलाई दशैं तिहारको भत्ता स्वरुप एक महिनाको तलब आउँछ’ नेम्वाङले भने, ‘अहिले कोरोना माहामारी भएकाले भत्ता नलिने सबै नेकपाका सांसदको भत्ता कोरोना नियन्त्रण कोषमा जम्मा गर्ने निर्णय भयो।’ कोरोनाले सबै जनता त्रसित भएकाले सबै नेकपा सांसदले सादा सामान्य दशैं मनाउने निर्णय भएको नेम्वाङले बताए।

राष्ट्रिय सभामा नेकपाका ४६ जना र प्रतिनिधि सभामा १ सय ७४ जना सांसद रहेका छन्। नेपाली कांग्रेसले पनि दशैं भत्ता नलिने निर्णय यसअघि नै गरिसकेको थियो । 

छुटाउनुभयो कि ?