को हुन् दुनियाँलाई जिल्याउँदै काजल अग्रवालको दिल जित्ने गौतम किचलू ?

को हुन् दुनियाँलाई जिल्याउँदै काजल अग्रवालको दिल जित्ने गौतम किचलू ?

मुम्बइ । काजल अग्रवाल छिट्टै विवाह बन्धनमा बाँधिदैछिन् । 

उनले आफ्नो आधिकारिक इन्स्टाग्राम अकाउन्टमा विवाहको मिति खुलासा गरेकी छन् ।

काजलले यही अक्टोबरको ३० तारिखका दिन विवाह गर्न लागेको जानकारी गराएकी हुन् ।

उनको विवाह समारोह मुम्बइमा २ दिनको हुनेछ ।

भारतीय मिडियाहरूले जनाएअनुसार काजलले विवाह गर्न लागेका व्यक्तिको नाम गौतम किचलू हो ।

अमर उजालाका अनुसार उनी इन्टरप्रेनर इन्टेरियर डिजाइनर हुन् । 

काजल बलिउड र दक्षिण भारतीय फिल्म इन्स्ट्रीमा निकै रुचाइएकी अभिनेत्री हुन् ।

उनको विवाहको खबरले उनलाई चाहनेवालाहरूलाई निराश बनाएको छ ।