यी हुन् विश्वकै सबैभन्दै महङ्गा चार अभिनेत्री

यी हुन् विश्वकै सबैभन्दै महङ्गा चार अभिनेत्री

काठमाडौं । सन २०२० मा सबैभन्दा महंगा अर्थात धेरै कमाई गर्ने अभिनेत्रीहरुको सूची फोब्र्स पत्रिकाले प्रकाशित गरेको छ । यस वर्षको महङ्गा अभिनेत्रीहरुको सूचीको पहिलो नम्बरमा परेकी छिन्, कोलम्बियाली मुलकी अमेरिकी अभिनेत्री–सोफिया मार्गरिटा भेरगारा ।

उनी हलिउडकी अहिलेकी विश्व प्रसिद्ध अभिनेत्री हुन । सोफियाको कार्यक्षेत्र यतिमा मात्रै सिमित छैन । उनी टेलिभिजन कार्यक्रम निर्माता, प्रस्तोता, हाँस्य कलाकार र मोडल पनि हुन । फोब्र्स पत्रिकाको बर्षभरिको सर्वेक्षणमा सोफियाले ४३ मिलियन अमेरिकी डलर कमाएकी छिन ।

सोफियालाई अमेरिका गट ट्यालेन्ट र अमेरिकन ब्रोडकास्टिङ कम्पनी (एबिसी) टेलिभिजनबाट प्रशारण हुने कार्यक्रम मोडर्न फेमिली जस्ता कार्यक्रमले सफलताको शिखरमा ल्याइपुर्याएको हो । सोफियाले मोडर्न फेमिली कार्यक्रमका लागि प्रति एपिसोड ५ लाख अमेरिकी डलर पारिश्रमिक लिएकी थिइन ।

त्यसैगरी फोब्र्सको सूचीमा दोस्रो नम्बरमा एन्जेलिना जोलीको नाम रहेको छ । उनले ३५ मिलियन अमेरिकी डलर कमाएकी छिन । सुपरहिट अमेरिकन फिल्म ‘द एटरनल्स’ ले एन्जेलिनालाई विश्वकै दोस्रो महंगो अर्थात धेरै कमाई गर्ने अभिनेत्रीका रुपमा स्थापित गराएको हो ।

अर्की अभिनेत्री गल गदोतले यो बर्ष ३१ मिलियन डलर कमाई गरेर फोब्र्स सूचीको तेस्रो नम्बरमा आउन सफल भएकी छिन । त्यस्तै चौथो स्थानमा मेलिसा मेकार्थी रहेकी छिन । उनले यो बर्ष २५ मिलियन डलर कमाई गरेकी छिन ।