गायक प्रमोद खरेल विरुद्ध १ करोड क्षतिपूर्ति माग गर्दै मुद्धा दर्ता

गायक प्रमोद खरेल विरुद्ध १ करोड क्षतिपूर्ति माग गर्दै मुद्धा दर्ता

पोखरा । गायक प्रमोद खरेल विरुद्ध रु १ करोड क्षतिपूर्ति माग गर्दै मुद्धा दर्ता भएको छ । सर्जक तथा विन्दवासिनी म्युजिक संचालक सुवार रेग्मीले गायक खरेल विरुद्ध ट्र्याकहरु अनुमतिबीना प्रयोग गरेको भन्दै नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयमा शुक्रवार मुद्दा दायर गराएका हुन्।

‘म प्रोड्युसर रहेकोरमेरो लगानि भएको अनि मैले लेखेको गीतहरूको ट्रयाक, मेरो अनुमति बिना बर्षौ देखी प्रयोग गरि मनग्य आर्थिक उपार्जन गरि मेरो प्रतिलिपि अधिकार एवं आर्थिक अधिकार हनन् गरेका कारण रू एक करोड क्षतिपूर्ति दिलाई भराई पाऊनको लागि नेपाल प्रतिलिपि रजिस्ट्रारको कार्यालयमा गायक प्रमोद खरेल बिरूद्ध आज निबेदन दिएको छु,उनले भनेका छन् ।

उनले प्रचलित नेपाल कानून बमोजिम दोषिलाई दन्डीत गरि पीडितलाई न्याय दिलाउन अदालतमा रिट दायर गर्ने प्रकृयाको शुरूवात समेत गरेको बताए । ‘प्रमोद जीलाई नेपाली गीत संगीतमा जन्म दिएको बिन्ध्यबासिनीले हो,आफुलाइई जन्म दिएको आमालाई नरुवाउनु होला’ , उनले भने ।

लोकप्रिय गायकले नै ठूलो कम्पनीका ट्र्याकहरु अनुमति बिना प्रयोग गर्नु लज्जास्पद रहेको रेग्मीको भनाइ छ ।