गगन थापाका बुवा आमामा पनि कोरोना पुष्टि

गगन थापाका बुवा आमामा पनि कोरोना पुष्टि

काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री गगनकुमार थापाका बुवा आमालाई पनि कोरोना संक्रमण पुष्टि भएको छ। केही दिन अघि आफैँ संक्रमित भएका थापाका बुवा आमालाई आज कोरोना संक्रमण पुष्टि भएको हो।  

थापाकी श्रीमतीलगायत परिवारका अन्य सदस्यलाई भने संक्रमण देखिएको छैन। थापाका कान्छा बुवालाई पनि कोरोना संक्रमण पुष्टि भएको छ। 

यसअघि गत शनिबार कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, गगन थापासहित केन्द्रीय कार्यलयका ७० जना नेता तथा कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।