प्रदेश ५ को राजधानी बुटवल नै हुनुपर्छ: कांग्रेस नेता खाँण

प्रदेश ५ को राजधानी बुटवल नै हुनुपर्छ: कांग्रेस नेता खाँण

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य बालकृष्ण खाँणले प्रदेश ५ को राजधानी बुटवल नै कायम गर्न माग गरेका छन् ।

सोमबार विज्ञप्ति जारी गर्दै नेता खाँणले प्रदेश सरकारले विज्ञको सल्लाह र सुझाव पन्छाएर षडयन्त्रपूर्वक राजधानी सार्न खोजेको आरोप पनि लगाएका छन्।

‘प्रदेश सरकारले विज्ञको सल्लाह र सुझावलाई पन्छाएर नयाँ ठाउँमा पड्यन्त्रपूर्वक राजधानी सार्ने प्रस्तावले यस क्षेत्रका जनता विरोध र प्रतिकारमा उत्रन पर्ने अवस्था सिर्जना हुनु दु:खद् पक्ष हो,’ विज्ञप्तिमा भनिएको छ।