डाक्टर केसीका मागहरु जायज छन्, कांग्रेसको ऐक्यबद्धता छ : प्रवक्ता शर्मा

डाक्टर केसीका मागहरु जायज छन्, कांग्रेसको ऐक्यबद्धता छ : प्रवक्ता शर्मा

काठमाडौं । नेपाली कांग्रेसले डाक्टर गोविन्द केसीले राखेका मागहरु जायज भएको भन्दै ऐक्यबद्धता जनाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले डा केसीको मागहरुमा समर्थन जनाउँदै कांग्रेसले औपचारिक रुपमा विज्ञप्ति निकालिसकेको बताए । यद्यपि केन्द्रीय कार्यसमितिको बैठकबाटै थप निर्णय गरी ऐक्यबद्धता जनाउने तयारी भइरहेको उनले बताए ।

कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण सोमबार बस्ने भनिएको केन्द्रीय कार्य समितिको बैठक बस्नेरनबस्ने सम्बन्धमा आइतबार नै पार्टीले निर्णय गर्ने पनि उनले बताए । कार्यसमिति बस्नुअघि आइतबारका लागि बोलाइएको पदाधिकारी बैठक भने स्थगित भइसकेको उनले बताए । केन्द्रीय कार्यसमिति बैठक बस्नेर/बस्ने सम्बन्धमा सबै कार्यसमिति सदस्य र सचिवालय सदस्यहरुको पीसीआर परीक्षणको रिपोर्ट आएपछि मात्रै निर्णय हुने उनले जानकारी दिए ।

डा गोविन्द केसीले विगतदेखि नै जायज माग राख्दै आएको र कांग्रेस नेतृत्वको सरकारका पालामा भएका सम्झौता कार्यान्वयन भए अधिकांश मागहरु पूरा हुने पनि उनले बताए । पछिल्लो समय पीसीआर परीक्षण बढाउने र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सन्दर्भमा नयाँ जायज माग राखेकोले सरकारले तत्काल वार्ता गरी सुनुवाइ गर्नुपर्ने उनको भनाइ छ ।