चिनियाँ दूतावासअघि प्रदर्शन गर्ने ६ नेविसंघका कार्यकर्ता पक्राउ

चिनियाँ दूतावासअघि प्रदर्शन गर्ने ६ नेविसंघका कार्यकर्ता पक्राउ

काठमाडाैं । नेपाल विद्यार्थी संघ (नेविसंघ)का नेता नवराज त्रिपाठीसहित छ जना विद्यार्थी नेता कार्यकर्ता पक्राउ परेका छन्। सोमबार बिहान चिनियाँ दूतावासअघि प्रदर्शन गरिरहेकामध्ये छ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

नेविसंघका पूर्व महामन्त्री कुन्दनराज काफ्ले नेतृत्वको टोलीले विरोध प्रर्दशन गरेको हो ।   नेविसंघका कार्यकर्ताले चिनियाँ हस्तक्षेप बन्द गर, सीमा मिच्न पाइँदैन भन्दै चिनिया दूतावासमा प्रदर्शन गरेका छन् । त्रिपाठी चिनौँ सिमाना, जोगाऔँ माटो अभियानका संयोजकसमेत हुन्। 

पक्राउ पर्नेहरुमा प्रनिल तामाङ, सुबोध ओली, अर्बत खड्का, दीपेन्द्र खड्का रहेको नेविसंघ नेता तथा चिनौँ सिमाना, जोगाऔँ माटोका अभियान्ता मनिष सिम्खडाले जानकारी दिए।  कालापानी, सुस्तालगायतका क्षेत्रमा नेपाली भूमि निरन्तर अतिक्रमणमा परिरहेको र समस्या समाधानमा राज्य उदासीन रहिरहेको सन्दर्भमा स्कुल क्याम्पसमा अध्ययन गरिरहेका विद्यार्थीहरुलाई नेपाली भूमि र सिमानाबारे सूचित गराउनु नेपाली विद्यार्थी आन्दोलनको एउटा महत्वपूर्ण जिम्मेवारी रहेको अभियन्ताहरुले बताएका छन्।