अनिल शाहीको संगीत तथा अस्मिता परियारको स्वरमा 'सुरुवात' सार्वजनिक

अनिल शाहीको संगीत तथा अस्मिता परियारको स्वरमा 'सुरुवात' सार्वजनिक

काठमाडाैं । चर्चित गायक तथा संगीतकार अनिल शाहीको संगीत संयोजनमा 'सुरुवात' बोलको नयाँ गीत  सार्वजनिक भएको छ । गीतमा गायिका अस्मिता परियारको स्वरमा रहेको छ । प्रतिमा श्रेष्ठको शब्द रचना रहेको गीतमा शब्दहरुले प्रेमको अभिव्यक्ति प्रकट गरेका छन् । 

क्लासिक वेसको गीतमा संगीत संयोजको चौतर्फी प्रशंशा भैरहेको छ । संगीतकार शाहीले लकडाउनको बेलामा निकै मेहनत गरेर गीतको संगीत संयोजन गरेको बताए । शाही गितारमा नेपालका सुल्तानको रुपमा चिनिन्छन् । 

भिडियोमा अस्मिता आफैले अभिनय पनि गरेकी छिन् । गीतको भिडियोमा अर्जुन तिवारीको छायांकन, सुप्रिम पराजुलीको सम्पादन र शान थापाको निर्देशन छ ।

मन छुने शब्द रचना, स्तरिय संगीत र मेलोडियस स्वरका कारण 'सुरुवात'ले नेपाली संगीत क्षेत्रमा नयाँपनको शुरुवात गरेको छ । थ्री इन्टरटेनमेनको युट्युव च्यानलबाट सर्वजनिक भएको गीतले सकारात्मक प्रतिक्रिया पाइरहेको छ ।