नेतात्रयलाई नागरिकको खुलापत्र !

नेतात्रयलाई नागरिकको खुलापत्र !


खड्गप्रसाद ओलीज्यू, पुष्पकमल दाहालज्यू तथा शेरबहादुर देउवाज्यू !
तपाईंहरूले राजनीतिमा लागेको दिनको विवेक जन्माएर निम्न लिखित काम गर्न सक्नुभयो भने नेपाली जनताले क्षमापूर्वक सम्मान गर्नेछ भन्ने मलाई विश्वास छ !
तत्काल संविधान संशोधन गरेर गरिहाल्नुपर्ने काम:

१, पंचायतकालदेखि वर्तमानसम्मका सबै नेता तथा सरकारी कर्मचारीले स्रोत खुलाउन नसक्ने गरी कमाएको सम्पत्ति राष्ट्रियकरण गर्ने ।
२, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नियुक्त हुने व्यक्ति कम्तीमा दुईतिहाइ जनताले मन पराएको हुनुपर्ने ।
३, प्रशासन संयन्त्र पूर्णतस् स्वतन्त्र। निष्पक्ष, पारदर्शी र जनताप्रति उत्तरदायी हुने गरी स्थिर हुनुपर्ने ।
४, स्वतन्त्र न्यायालयमा गरिएको राजनीतिक नियुक्ति बदर गरी नैतिकता र कार्यक्षमताका आधारमा नियुक्त गर्ने । न्यायाधीशलगायत सबै उच्च पदस्थ व्यक्तिलाई अख्तियारले छानबिन गर्न पाउनुपर्ने ।
५, मन्त्री अथवा प्रधानमन्त्री हुनका लागि आवश्यक योग्यता, अनुभव र नैतिकताको वैज्ञानिक मापदण्ड बन्नुपर्ने ।
६, सांसद वा सभासद्लाई विकास(बजेट नदिई संविधान र विधानको मात्र जिम्मा दिनुपर्ने हुनाले तिनीहरूको शैक्षिक योग्यता र अनुभवको मापदण्ड तोकिनुपर्ने ।
७, चुनाव खर्चको सीमा र पारदर्शिता निर्धारण गरिनुपर्ने ।
८, राजनीतिक पदको संख्या ८० प्रतिशत घटाएर २० प्रतिशतमा झार्नुपर्ने ।
९, पार्टीलाई कार्यकर्ता अर्थात् कमाराविहीन बनाउनुपर्ने ।
१०, पार्टीलाई भ्रातृ वा भगिनी संगठनविहीन गराउनुपर्ने । वर्गीय संगठनमा सम्बन्धित वर्गकै अराजनीतिक नेतृत्व हुनुपर्ने ।
११, प्राज्ञिक निकायको नेतृत्व राजनीतिक नभएर विशुद्ध प्राज्ञिक हुनुपर्ने ।
१२, परराष्ट्रविद्हरूको बीचमा गरिने व्यापक छलफलबाट निस्कने ठोस र वस्तुपरक निष्कर्षका आधारमा सर्वसम्मत परराष्ट्रनीति बनाउनुपर्ने ।
१३, प्रधानमन्त्री, मन्त्री, सांसद आदिले कार्यालय(समयभरि कार्यालयमै बस्नुपर्ने ।
१४, शिक्षा र स्वास्थ्य क्षेत्र सरकारी वा निजी नभई सम्बन्धित समुदायको सहकारितामा संचालन हुनुपर्ने ।
१५, सरकारी कर्मचारीको संख्या ३० प्रतिशत मात्र राखेर सुविधा दोब्बर दिई उत्तरदायी बनाउनुपर्ने ।
१६, कृषि, पर्यटन तथा विविध औद्योगिक एवं यातायात क्षेत्र पारदर्शी र व्यावहारिक प्रतिस्पर्धाबाट छानिने निजी क्षेत्रलाई जिम्मा लगाउनुपर्ने ।
१७, भ्रष्टाचार उन्मूलनका लागि यथासम्भव विधि र प्रविधिको उपयोग गर्नुपर्ने ।
सम्मान अथवा अपमानमध्य्ये के रोज्नुहुन्छ ? जो विचार !
एक स्वतन्त्र र सार्वभौम नागरिक: बलदेव पिएचडी