बिनाअक्सिजन १० पटक सगरमाथा चढेका आङरिता शेर्पाको निधन

बिनाअक्सिजन १० पटक सगरमाथा चढेका आङरिता शेर्पाको निधन

काठमाडौं । विख्यात हिमआरोही आङरिता शेर्पाको निधन भएको छ। आङरिताको ७२ वर्षको उमेरमा सोमबार बिहान १० बजे जोरपाटीस्थित निवासमै निधन भएको पारिवारिक स्रोतले जनाएको छ। 

'हिउँ चितुवा' उपनामले चर्चित आङरिता शेर्पा नेपालका विख्यात पर्वतारोही हुन् । उनको जन्म सोलुखुम्बुको थामेमा भएको थियो। उनले सन् १९८३ देखि सगरमाथा आरोहण सुरु गरेका थिए ।

उनले बिनाअक्सिजन १० पटकसम्म सगरमाथाको सफल आरोहण गरेर कीर्तिमान बनाएका थिए। यही कारण उनलाई 'हिउँ चितुवा' उपनाम दिइएको थियो।  पर्वतारोही शेर्पा लामो समयदेखि बिरामी थिए। उनी तीन वर्षअघिदेखि बिरामी परेर थलिएका थिए।