पुन: अवरुद्ध भयो नारायणगढ–मुग्लिन सडकखण्ड

पुन:  अवरुद्ध भयो नारायणगढ–मुग्लिन सडकखण्ड

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डको केराबारीमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । भरतपुर महानगरपालिका–२९ मा पर्ने केराबारीमा आज बिहान पहिरो खसेको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टका अनुसार चौध किलो र सत्र किलोको पहिरो हटाइसकिएको छ भने केराबारीमा गएको पहिरो पन्छाउने काम भइरहेको छ ।

पहिरोसँगै झरेको लेदोले  करिब १०० मिटर सडक ढाकेको उनले जानकारी दिए । अपहिरो पन्छाउन तीन घण्टासम्म लाग्नसक्ने भट्टको अनुमान छ ।

पहिरोका कारण सो सडकखण्ड हुँदै चल्ने सवारी साधन बाटोमा रोकिएका छन् । सो सडकमा सोमबार रातिदेखि पटकपटक पहिरो खस्दै आएको छ ।