दर्शकको मन जित्दै 'हाँसो सँगै आँशु' (भिडियोसहित)

दर्शकको मन जित्दै 'हाँसो सँगै आँशु' (भिडियोसहित)

काठमाडौं  । मेशना म्युजिकबाट बजारमा आएकाे मन छुने लोक गीत 'हाँसो सँगै आँशु'ले राम्रो चर्चा पाइरहेकाे छ । गीतमा अर्जुन सापकोटा, बिक्रम क्षेत्री र गायिकामा पुर्णकला बिसिको आवाज रहेको छ । अमित बाबुको शब्द रहेको गीतमा रोशन परियारको संगीत रहेको छ। 

गीतको भिडियोमा चर्चित मोडल अन्जली अधिकारी,अर्जुन बिक ,निशा राईको अभिनय रहेको छ। राजेश घिमिरेको छायांकनमा रहेको भिडियोलाई लक्ष्मण चौहानले सम्पादन गरेका हुन् भने बिक्रम चौहानले निर्देशन गरेका हुन्। भिडियोलाई मेशना म्युजिक युटुव च्यानलबाट सार्वजनिक गरिएको हो । 

गीत थोरै सेन्टीमेन्टल छ। सधैं एकै खालको गीतहरुमात्र बजारमा ल्याउँदा पनि दर्शक श्रोताहरुको त्यति मन जित्न गार्हो हुन्छ।त्यसैले यसपाली अलिक फरक खालको गीत निकाल्ने प्रयास भएको हो । नाच्ने नचाउँने अनि हाँस्ने हसाउँने गीत मात्र गाउँदा दर्शकहरुबाटै यस किसिमका गीतहरुको पनि माग भएकोले हामीले गरेका छौ, उक्त गीतका गायक अर्जुन सापकोटा बताउँछन्।