यज्ञ सापकोटा नयाँ गीत 'रोटी रत्यौलीको'मा राम्जी र पबित्राले मर्काए कम्मर (भिडियोसहित)

यज्ञ सापकोटा नयाँ गीत 'रोटी रत्यौलीको'मा राम्जी र पबित्राले मर्काए कम्मर (भिडियोसहित)

काठमाडाैं । लोक गायक तथा सर्जक यज्ञ सापकोटाको नयाँ लोकगीत रोटी रत्यौलीको सार्वजनिक भएको छ । गीतमा नेपाली सङ्गीतका क्षेत्रका लोकप्रिय गायक एवं मोडल राम्जी खाँण र पबित्रा काफ्लेले कम्मर मर्काएका छन् । 

यज्ञ सापकोटा र तेजु सापकोटाको  स्वर रहेको गीतमा स्याङ्जाली र बटौलीको माया  प्रेमको  कथालाई समेटियको छ । ठट्यौली र मनोरञ्जनात्मक यस गीतमा  शालिकराम भण्डारीको शब्द र  यज्ञ सापकोटाको लय रहेको छ ।

गीतको भिडियोमा  बिरेन्द्र भट्टको छायांकन  अमृत चापागाईंको  सम्पादन  रहेको छ ।  भिडियोलाई मदन खड्काले निर्देशन गरेका हुन् ।   भिडियोलाई अकला देबि  म्युजिकको युटयुब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।