रहेनन् निर्देशक छेतेन गुरुङ, के भएको थियो उनलाई ?

रहेनन् निर्देशक छेतेन गुरुङ, के भएको थियो उनलाई ?

काठमाडौं । चलचित्र निर्देशक  छेतेन गुरुङको निधन भएको छ। चलचित्र ‘प्रेम गीत ३’का निर्देशक गुरुङको मंगलबार राति मेट्रो हस्पिटल महाराजगञ्जमा निधन भएको हो ।

केही दिनदेखि लिभरमा समस्या भएकाले छेतेन हस्पिटल भर्ना भएका थिए। उपचारका क्रममा नै उनको निधन भएको ‘प्रेम गीत’का निर्माता सन्तोष सेनले जानकारी दिए। निर्माता सेनले भने, ‘छेतेनले नयाँ फिल्मका लागि पनि काम गरिरहनुभएको थियो तर उहाँको दुखद निधन भयो।’

गुरुङले  ‘नोभेम्बर रेन, क्लासिक, ए मेरो हजुर ३’ जस्ता फिल्महरु पनि लेखेका थिए जुन बक्स अफिसमा समेत सफल मानिन्छन्। उनको निर्देशन रहेको चलचित्र 'प्रेमगीत ३' प्रदर्शनको लागि तयार छ ।