अष्ट्रेलियाको चर्चित टेलिभिजन एमएनटीभीको अनलाईन गायन प्रतियोगिता सुरु, नेपालबाटै सहभागी हुन सकिने, विजेतालाई ५ लाख !

अष्ट्रेलियाको चर्चित टेलिभिजन एमएनटीभीको अनलाईन गायन प्रतियोगिता सुरु, नेपालबाटै सहभागी हुन सकिने, विजेतालाई ५ लाख !

अष्ट्रेलिया । अष्ट्रेलियाको चर्चित टेलिभिजन एमएनटीभीले विश्वव्यापी गायन प्रतियोगिताको आयोजना गर्ने भएको छ । प्रतिष्पर्धामा सहभागि हुन इच्छुकको लागि गत सोमबारबाट आवेदन खुल्ला भैसकेको छ । अगामी  अक्टोबर १५ तारिख आवेदन दिन सकिने आयोजक एमएनटीभीले जानकारी दिएको छ । 

विश्व नै महामारीका कारण आक्रान्त बनेको बेलामा घरमै बसेर पनि सिर्जनात्मकतालाई प्रोत्साहन गर्ने उद्देश्यले हल अफ फेमको सिजन २ अन्तर्गत अनलाईन गायन प्रतिस्पर्धा गर्न लागिएको हो । हल अफ फेममा सहभागी हुनका लागि नेपाली भाषामा गाएको गीतको अधिकतम ५ मिनेटसम्मको रेकर्डसहित आवेदन दिनुपर्नेछ । 

ईमेलमार्फत प्राप्त हुने सहभागीमध्येबाट टप ५० को छनोट गरिने र उनीहरुबीचको प्रतिस्पर्धाबाट विजेता घोषित हुनेछन् । विजेताले १ लाख रुपैयाँ नगद पुरस्कारसहित कूल पाँच लाख बराबरको पुरस्कार प्राप्त गर्नेछन् । जसमा गीत रेकर्ड, म्युजिक भिडियो निर्माण, फोटोशूट लगायत समावेश छ । प्रतियोगितामा सहभागि हुन चाहनेले आवेदन [email protected] मा पठाउनुपर्नेछ । 

सहभागीहरुका लागि निम्न प्रावधानहरु राखिएको छ ।

  • आवेदनका साथ कम्तिमा तीन मिनेटदेखि ५ मिनेटसम्मको गीत गाएर पठाउनुपर्नेछ ।
  • सकेसम्म एचडी क्वालिटीमा आफ्नो भिडियो पठाउनुहोला, मोबाइलबाट खिचिएको भिडियो पनि स्वीकार गरिनेछ ।
  • प्राप्त भएका सिर्जनालाई एमएनटीभीले गठन गरेको वरिष्ठ गायकहरु सम्मिलित निर्णायक मण्डल समक्ष राखिनेछ ।
  • निर्धारित समयमा आएका गायनको भिडियोसहित आएका प्रतिस्पर्धीमध्येबाट ५० जनाको छनोट गरिनेछ
  • अन्य कुनैपनि यस्तै प्रतियोगिताहरुमा सहभागी भएका, विजेता रहेकाहरुलाई पनि आफ्नो सिर्जना पठाउन र प्रतियोगितामा सहभागी हुन बन्देज लगाइनेछैन ।
  • प्रतिस्पर्धाका लागि आवेदन पठाउने मिति अक्टोबर १५, २०२० सम्म रहनेछ ।
  • विजेताको छनोट निर्णायक मण्डल र सामाजिक सञ्जालमा दर्शक श्रोताबीचको लोकप्रियताका आधारमा गरिनेछ ।
  • विजेतालाई एक लाख नगदसहित पाँच लाख रुपैयाँ मूल्य बराबरको प्याकेज प्रदान गरिनेछ । (गीत रेकर्ड, म्युजिक भिडियो निर्माण, फोटो शूट लगायत)
  • प्रतिस्पर्धा पूर्णतः प्रतिभा प्रोत्साहनको लागि केन्द्रित रहनेछ । कुनै विषम परिस्थितिमा एमएनटीभी अष्ट्रेलियाको निर्णय नै अन्तिम हुनेछ ।