प्रेमी अर्जुन पछि बलिउड नायिका मलाइकालाई पनि कोरोना संक्रमण

प्रेमी अर्जुन पछि बलिउड नायिका मलाइकालाई पनि कोरोना संक्रमण

बलिउड अभिनेत्री मलाइका अरोरालाई कोरोना भाइरसको संक्रमण देखिएको छ। उनकी बहिनी अमृताले मलाइकालाई कोरोना पोजेटिभ भएको जानकारी दिएकी हुन्। आइतबार नै मलाइकाका प्रेमी अभिनेता अर्जुन कपूरलाई पनि कोरोना पुष्टि भएको थियो।

यसअभि कनिका कपुर देखि अमिताभ बच्चनको परिवार हुदै अब कपुर परिवारमा प्रवेश गरेको छ । बलिउड अभिनेता अर्जुन कपुर कोरोना बाट संक्रमित भएको आफ्नो इन्टाग्राममार्फत जानकारी दिएका हुन् ।

अर्जुन कपुर निखिल आडवाणीको ब्यानरमा बनेको फिल्मको सुटिङ फिल्मसिटीमा गरिरहेका थिए । त्यहाँ भारत पाकिस्तानको सीमावर्ती इलाकाको सेट बनेको छ । यो विभाजनको नकारात्मक पक्षको प्रेम कथामा आधारित फिल्म हो ।