चर्चामा लोक गायक साजन कुवँरको ‘बाँसको डोको’ (भिडियोसहित)

चर्चामा लोक गायक साजन कुवँरको ‘बाँसको डोको’ (भिडियोसहित)

काठमाडाैं । लोक गायक साजन कुवँरको लोक गीत ‘बाँसको डोको’ सार्वजनिक भएको छ । गीतमा गायक साजन कुवँर र शान्ति श्री परियारको स्वर रहेको छ भने संगीत पुजा गुरुङ र शव्द यज्ञ सापकोटाको रहेको छ । 

गीतको भिडियोमा दुर्गेश थापा, नारायणी केसी र कमल परियारको अभिनय देख्न सकिन्छ । सुरेश पाण्डेको कोरियोग्राफी रहेको भिडियोलाई दुर्गा श्रेष्ठले निर्देशन गरेका हुन् । भिडियो दुर्गेश थापाकै अफिसियल युट्युव च्यानलमार्फत सार्वजनिक भएको हो । हालै आलु जस्तो गायक बोलको गीतबाट चर्चामा रहेका दुर्गेशले पनि बाँसको डोकोमार्फत थप तारिफ बटुलेका छन् । 

लोक गायक कुवँरले गीतबाट निकै सकारात्मक प्रतिक्रिया मिलेको बताए । सार्वजनिक भएको छोटै समयमा आएका सकारात्मक प्रतिक्रियाले यो क्षेत्रमा थप राम्रो श्रृजना ल्याउने प्रेरणा मिलेको उनले बताए । 

हेर्नुहोस् भिडियोः