आलु जस्तो गायकपछि दुर्गेशको 'बाँसको डोको' भोलि सार्वजनिक हुने

आलु जस्तो गायकपछि दुर्गेशको 'बाँसको डोको' भोलि सार्वजनिक हुने

काठमाडाैं । युवा पुस्तामाझ रुचाइएका गायक दुर्गेश थापाको गीत ‘आलु जस्तो गायक’ यतिवेला चर्चाको शिखरमा छ । उक्त गीत सार्वजनिक भएको दुई दिनमै युट्युबमा सर्वाधिक हेरिएकोमध्ये नम्मर एकमा  छ । गीतमा गायक थापासँगै नायक पल शाह, पुष्प खड्का र सारिका केसीको अभिनय छ ।

यसै क्रममा दुर्गेशकै अभिनय रहेको अर्को गीत 'बाँसको डोको' पनि भोलि सार्वजनिक हुने भएको छ । लोक गायक साजन कुवँरको गीति एल्वम बाँसको डोकोमा समावेश गीतमा दुर्गेशलाई अभिनयमा नारायणी केसी र कमल परियारले सघाएका छन् । 

'बाँसको डोको'मा गायक साजन कुवँर र शान्ति श्री परियारको स्वर रहेको छ भने संगीत पुजा गुरुङ र शव्द यज्ञ सापकोटाको रहेको छ । 

दुर्गेशको यही वर्ष सार्वजनिक ‘बीच्चबीचमा–२’ तीज गीत पनि चर्चित छ । गीतमा कोरोना महामारीले जनजीवनमा पारेको प्रभावबारे उल्लेख छ । उक्त गीतले पनि युट्युबमा एक करोड बढी भ्यूज बटुलेको छ । बागलुङको गलकोटमा जन्मनुभएका गायक थापाका दर्जनौँ गीत सार्वजनिक भएका छन् । सयौँ म्युजिक भिडियोमा अभिनय गरेका छन् । चर्चामै रहेका थापा अभिनित 'बाँसको डोको' भोलि सार्वजनिक हुने भएकोले उनका फ्यानहरु उक्त भिडियोको पर्खाएका छन् । 

सङ्गीत प्रशिक्षण, साधानाले भन्दापनि आफू रहरले गायक भएको थापाले बताए । “मेरो मुख्य क्षेत्र मोडलिङ हो, म रहरले गायनतिर लागेँ”, थापाले भने, “कुनै औपचारिक ज्ञान भन्दा पनि मैले हाम्रै हावापानी, पाखा, पखेराबाट सङ्गीतमा लाग्ने प्रेरणा पाएँ ।” दर्शक, स्रोताकै माया र सद्भावले आफू गायकका रुपमा चिनिएको थापाको भनाइ छ ।