उत्तर कोरियाली सर्वोच्च नेता किम जङ–उनले तनावको स्तर कम गर्न कैयौँ नीतिगत अधिकार अरूलाई सुम्पिएको एक दक्षिण कोरियाली जासुसी संस्थाले दाबी गरेको छ ।
किमले अहिले पनि अझै पनि सम्पूर्ण राजकीय मामिला चलाइरहेको नेशनल इन्टेलिजेन्स सर्भिसले उल्लेख गरेको छ ।
दक्षिण कोरियाली उक्त गुप्तचर संस्थाले बताए अनुसार सर्वोच्च नेता किमले बहिनी किम यो–जङलाई थप जिम्मेवारी हस्तान्तरण गर्दै उनलाई थप शक्तिशाली बनाएको छ ।
संस्थाले यो सूचना दक्षिण कोरियाको माथिल्लो सदनको बन्द छलफलमा दिएको बताइएको छ । छलफलपछि सांसदहरूले उक्त आकलनबारे पत्रकारहरूसँग छलफल गरेका बीबीसीले उल्लेख गरेको छ ।
जासुसी संस्थालाई उद्धृत गर्दै भनिएको छ, 'सर्वोच्च नेता किम जङ–अनले अझै पनि पूर्ण अधिकार प्रयोग गरिरहेको तर विस्तारै आफ्नी बहिनीलाई शक्तिशाली बनाउने रणनीति अघि सारेको देखिन्छ ।
अब अमेरिका र दक्षिण कोरियाबारे प्योङ्याङको नीतिसहित अन्य नीतिगत मुद्दाहरूको जिम्मेवारी बहिनी किममा सरेको र उनी वास्तविक रूपमा दोस्रो नम्बरको बनेको समाचारहरू सार्बजनिक भएका छन् । तर नेता किमले बहिनीलाई ‘उत्तराधिकारी छानेका’ भने छैनन् ।
नेता किमको निर्णय ’राजकीय तनावबाट छुटकारा पाउने र नीतिगत विफलताको दोषबाट जोगिने’ उपाएको एउटा भाग भएको जासुसी संस्थाको दाबी रहेको छ ।