डा. भीम रावलले लिए पिएचडीको अस्थायी प्रमाणपत्र

डा. भीम रावलले लिए पिएचडीको अस्थायी प्रमाणपत्र

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य डा. भीम रावलले विद्यावारिधीको अस्थायी प्रमाणपत्र लिएका छन् । आज सामाजिक सञ्जाल ट्विटर मार्फत तस्बिर सार्वजनिक गर्दै राववले अस्थायी प्रमाणपत्र लिएको जानकारी दिएका हुन् ।

‘आज त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिक शास्त्र सङ्कायमा डीन प्राडा कुशुम शाक्यबाट विद्यावारिधीको अस्थायी प्रमाणपत्र प्राप्त भयो,’ रावलले लेखेका छन् ।

पूर्व उपप्रधान, गृह र रक्षामन्त्रीसमेत रहेका नेता रावलले ‘नेपालमा राजनीतिक हिंसा र माओवादी विद्रोह’ विषयमा विद्यावारिधी गरेका हुन् ।

अन्तर्राष्ट्रिय कानुनका ज्ञातासमेत रहेका नेता रावल पछिल्लो समय अमेरिकी परियोजना एमसीसीको विपक्षमा उभिएपछि चर्चामा आएका छन् । मन्त्रिपरिषद् पुर्नगठनको क्रममा उनलाई सरकारमा लैजाने तयारी भैरहेको छ ।