नेकपा सचिवालय बैठकले गर्‍यो यस्तो निर्णय

नेकपा सचिवालय बैठकले गर्‍यो यस्तो निर्णय

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको  सत्तारुढ नेकपाको सचिवालय बैठकले पार्टीभित्रको विवाद समाधानको लागि गठन गरिएको कार्यदललाई अनुमोदन गरेको छ। बैठकले शुक्रबार गठन भएको कार्यदललाई अनुमोदन गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

श्रेष्ठले पार्टीमा देखिएको संकट छिटोभन्दा छिटो समाधान गर्ने, पार्टी र सरकारका कामहरु प्रभावकारी रुपमा अघि बढाउने र महाधिवेशनको तयारीमा जाने विषयमा बैठक केन्द्रित रहेको बताए । 

त्यसका लागि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यदलको प्रतिवेदनलाई परिमार्जनसहित सचिवालय वा स्थायी कमिटी बैठकमा प्रस्तुत गर्ने उनले बताए । 

बैठकमा मन्त्रिपरिषद् पुर्नगठनबारे पनि छलफल भएको थियो । नयाँ मन्त्री छान्ने र को कोलाई विदाई गर्ने भन्नेबारे निर्णय लिने जिम्मा अध्यक्षद्धयलाई नै दिइएको स्रोतको दाबी छ ।