किम्फको १७ औं संस्करण आजदेखि शुरु

किम्फको १७ औं संस्करण आजदेखि शुरु

काठमाडौं : काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय माउन्टेन फिल्म फेस्टिभलु (किम्फ) को १७ औं संस्करण आजदेखि शुरु भएको छ। सभागृह र नेपाल पर्यटन बोर्डको हलमा आयोजना हुन लागेको महोत्सव ५ दिनसम्म चल्नेछ। २९ देशका ६६ वटा फिल्महरु महोत्सवमा प्रदर्शन गरिनेछ जसमध्ये नेपाली पानारोमा अन्तर्गत १४ वटा फिल्महरु प्रदर्शन हुँदैछन्।

प्रदर्शन गरिने फिल्महरुमा १७ वटा फिल्म प्रतिस्पर्धात्मक खण्डमा छन् भने ३२ फिल्म गैर प्रतिस्पर्धात्मक खण्डमा समावेश गरिएका छन्। महोत्सवको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पहिलो दोस्रो र तेस्रो हुनेले क्रमशः २ लाख, १ लाख १० हजार र १ लाख रुपैयाँ प्राप्त गर्नेछन्। प्रतिस्पर्धाको निर्णायकमा नेपालबाट अस्मिना रंजित, पोल्यान्डबाट ग्याब्रियला कुहान र दक्षिण कोरियाबाट ली जाई(कायो रहेका छन्।