निकिशा: टिकटक, ट्रोल अनि डिप्रेशन

निकिशा: टिकटक, ट्रोल अनि डिप्रेशन

पछिल्लो समय सोसल मिडिया प्लेटफर्म टिकटक निकै चर्चित एप बनेको छ ।  टिकटक आइओएस र एन्ड्रोइडमा सर्वाधिक डाउनलोड भएका एपहरुमध्येको एक हो । टिकटकले मानिसहरुलाई भिडियो बनाएर पोष्ट गर्ने सुविधा दिन्छ ।

निकै सहज तरिकाले भिडियो बनाउन सकिने, पोष्ट गर्न मिल्ने र मनोरञ्जनको माध्यम भएकाले टिकटक प्रयोगकर्ताको संख्या बिश्वमै निकै धेरै भएको छ । अरुले बनाएका भिडियोहरुको अडियो सजिलै प्रयोग गर्न मिल्ने र आफुले लिप्सिङ गरे हुने भएकाले टिकटक प्रयोग निकै रोचक बनेको छ ।

यहि बिश्व परम्परा वा त फेशनलाई  पछ्याउदै नेपालमा पनि केहि समय देखि टिकटक एप एकदमै चर्चामा छ, छिमेकि मुलुक भारतले बिभिन्न बहानामा यो एप बन्द गरेता पनि नेपालमा त्यस्को प्रभाव केहि परेको छैन।

अहिले टिकटकलाई युवाहरुले मात्र होइन, विभिन्न उमेर र विभिन्न क्षेत्रका व्यक्तिहरुले पनि प्रयोगमा ल्याएका छन् ।

त्यहि संगसंगै नेपालमा पनि  यसको लोकप्रियता बढ्दै गएको सहजै अनुमान लगाउन सकिन्छ, यकिन ठ्याक्कै यति प्रयोगकर्ता छन् भनेर कुनै अनुसन्धान त गरिएको छैन तर लाखौ नेपाली प्रयोगकर्ताहरुले टिकटक पछ्याईरहेको देख्न सकिन्छ  र यहि प्लेटफर्मको सहि प्रयोग बाट चर्चित हुनेहरू पनि धेरै छन्।

प्रिज्मा प्रिन्सी खतिवडा, रेश्मा घिमिरे, अश्मिता गुरुङ जस्ता अनुहार पनि टिकटककै कारणले चर्चित भएका पात्र हुन्। चर्चा संगै उनीहरुले थुप्रै म्युजिक भिडियो,चलचित्र, बिज्ञापनमा समेत अभिनय गर्ने मौका पाएका छन।   उनीहरुको लोभलाग्दो सफलता देखेर उनीहरु जस्तै बन्ने होडमा धेरै प्रयोगकर्ताहरु नँया नँया प्रयोग गर्दै भिडियो बनाउछन । 

यहिँ भिडमा आफ्नो प्रतिभा देखाउन सधै अघि सर्ने नाम हो निकिशा श्रेष्ठ, उनको टिकटक खातामा २ लाख ३० हजार बढी फ्यान फलोअरस् छन । १५ बर्षिय निकिशालाइ महिलाका सामग्री प्रयोग गरेर भिडियो बनाउन खुबै रुचि लाग्छ, प्राय उनका भिडियोहरु महिला केन्द्रित नै हुन्छन ।  सहि अभिभावकत्व र सल्लाह नपाएका निकिशा आफु महिला हो कि पुरुष हू भन्नेमै कन्फ्युज छन्।     

आज भन्दा सायद डेढ बर्ष अघि उनले निकेश श्रेष्ठ नामको टिकटक खाता खोलेकी थिइन, ठिक-ठाकै भिडियो बनाउने उनको त्यो बेला खासै फलोअरस् पनि थिएन्न, बच्चा रुपी त्यति बेलाको दिमाखले उनि दिन बिराएर फलोअरस् र लाइक बढाइदिनु भन्दै आफ्नो टिकटक खातामा रोएको भिडियो हाल्थिन।  

धेरै प्रयोगकर्ताहरुले सिम्प्याथीकै लागि भए पनि उनको भिडियो लाइक गर्न थाले र फलो पनि गर्दिए तर निकिशाको सेलिब्रेटी बन्ने प्यास चाही अझै मेटिएको थिएन।  किनकि त्यति बेला थुप्रै पत्रपत्रिका, अनलाइन, र नेपाली युटूभले टिकटकका स्टारहरु कभर गर्न थालिसकेका थिए केहि टिकटकमा अभिनय गर्नेले राम्रो म्युजिक भिडियो पनि पाइसकेका थिए।  यहि मिडिया बाजीले निकिशाको त्यो कलिलो मानशिकतामा गहिरो प्राभाव पारिसकेको थियो।  र सुरु भयो डाह, सपना र अन्तर मनको द्वन्द । 

अनि निकेशले आफ्ना भित्रि भवना पोख्न सुनुयोजित रुपले महिला रुपी भेष, सज्जावाटमा एउटा भिडियो टिकटकमा पोष्ट गरिन, त्यो भिडियो उनले सोचेको भन्दा बढी भाइरल भैदियो, त्यहि बेलाबाट उनि महिलानै भएर भिडियो हाल्न थालिन । सामाजिक संजाल फेसबुकमा उनलाई नचिन्ने मान्छे कमै हुन थाले।  टिकटकमा उनले सोचे जस्तै फलोअरस र लाइक आउँन थाल्यो। 

अन्तरवार्ता लिनेको भिड बढेसंगै उनलाई आफु अब चाही सेलिब्रेटी भएको अनुभुति हुन् थाल्यो । युट्युभमा उनले दिएका अन्तरवार्ताहरुले उनलाई झनै भाइरल बनाइदियो। उनको प्रतिभालाइ पस्किनु सट्टा, उनको बोल्ने शैली, हाउबाउ, उनको मेकअप, र प्रस्तुतिकरणलाइ मुख्य टार्गेट बनाउदै आफ्नो दर्शक बढाउन युटयुभरहरुले उनलाई पछ्याउन थाले । मस्मस् पसल, चिया घर, रेस्टुरेन्ट, दोबाटो, चौरी जहाँ निकिशालाइ देख्यो त्यहि माइक तेर्साउन थालियो, उनि पनि माइकको पछि पछि हिड्न थालिन ।   

युटुभरले गरेको गल्ति र निकिशाको कलिलो बुद्दिले सामाजिक संजाल देखि छिमेकि सम्म बाट ट्रोल हुन् थालेपछि, परिवारले धेरै कुरामा निकिशालाइ रोक लगायो । उनि छोरी नभएर छोरानै हो भन्दै, कपाल काटिदिए, केहि थान महिला रुपी कपडा लुकाईदिए।  उनको भवनाको कदर नगर्दै परिवारले सपोर्टको सट्टा गालि, धम्कि, कसममा उनलाई बाधे । 

केहि महिना पुरानो निकेश जसरी केटा भएर दिदि, भिनाजु, आमासंग भिडियो पनि बनाए तर उनको भित्रि मन पोलिरहेको थियो अन्त उनले सहन सकिन्न र परिवारले बाधेको डोरी चुट्टाएर आफ्नो भावना, आफ्नो पहिचान र सेलिब्रेटी बन्ने चाहमा फेरी लागि परिन ।

अहिले पहिचान सहित उनले आफ्नो खाताको नाम निकेश बाट निकिशा बनाएकि छिन । अब डराएर होइन डटेर लाग्न थालेकि छिन ।  

तर अब उनले यसो गरिरहदा हामि नेपाली कहाँ चुप लागेर बस्थियौ, हामीलाई खुट्टा तान्ने, अरुको दुखमा हास्ने जो आदत लागिसक्या छ।  एउटा १५ बर्षिय फुच्चे समाजको अगाडी आएर आफ्नो पहिचान देखाउछ म छोरा होइन, छोरि हु भन्छ भने हामीले हौसाला दिने कि 'तँ छक्का होस्' भनेर प्रोफाइल भित्र पसी पसी प्रतिक्रिया दिने। 

टिकटकले राम्रो सुबिधा पनि बनाएको छ  यदि कसैको क्रियाकालाप मन पर्दैन भने ब्लक गर्न सक्नु हुन्छ, अनफलो गर्न सक्नु हुन्छ तर उसको परिवार, शारीर, बनावट, उस्को पहिचानलाइ लिएर टिकटक खाता भित्र गएर नकारात्मक प्रतिकृया जनाउनु कतिको पुर्षार्थ हो, कति को महिलावादी देखिन्छ।  

हामि सबैले एकचोटी सोच्नु पर्यो त्यो १५ वर्षको कलिलो दिमाखमा यो सबै हाम्रो प्रतिक्रियाको प्रभाव के हुन्छ भनेर, अहिले हामि केहि क्षण मनोरन्जन लिन मात्र 'तँ छक्का होस्',   'तँ मरेकी भए हुन्थियो', 'तेरो सम्वेन्दसिल अंग जलाई दिन्छु', 'तेरी आमाले के खाएर पाई तलाइ खाते', जस्ता शब्द प्रयोग गर्छौ, के यो न्यायपूण छ ? के हामि हाम्रो आफन्तलाइ पनि यस्तै भन्थियौ ? 

धेरै जसो निकिशा र टिकटक प्रयोगकर्ता सरोज तामांगको कम्पेर गरिन्छ सामाजिक संजालमा, 'भन्छन यो हिजडा भन्दा त अर्को, सरोज नै ठिक',  ठिक किन नहोस त सरोज त् अस्ट्रेलिया बस्छ थरि थरिका लुगा लगाएर हाल्छ, निकिशा  त त्यहि पुरानो कालो ट्रौजरमै भिडियो हाल्छिन अनि कहाँ बाट उस्तै हुनु।  फेरी यो भन्दैमा सरोज तामांगलाइ चाही सम्मान गरछौ भन्या होइन उनको नि खेदो खन्छौ तर अलि कम।   हाम्रो शब्द चयन हेरौ न, 'हिजडा' रे अनि जो कोहिले यो शब्द लेख्या हुन्छ ऊ भित्र भित्र गदगद हुन्छ, संसार जिते जस्तो ।  हामि नै हौ कसैलाई पनि उसको स्वतंत्रता साथ बाच्न नदिने बाधक।  
 
मानसिक रोग विशेषज्ञ भन्छन कसैलाई रेगुलर ह्यारस्मेंट गर्यो भने, उसको दिमाखमै म नराम्रो रहेछु भन्ने पर्न जान्छ अनि आत्मग्लानि भएर आत्महत्या सम्मको बाटो रोज्ने बनाउछ।  निकिशा त सहेर बसेकी छिन, उनको टिकटक भिडियो अहिले खोलेर हेरियो भने ९९५ अश्लिन गालिहरुले भरिएको देख्न सकिन्छ छ।

हामी उसको लिङ्ग, जात, बर्ग, भेष, मेकअप, धनि-गरिबको पछाडी नलागी शुद्ध उनीहरुको प्रतिभामा ध्यान दिएर मुल्यांकन गर्ने हो भने, तपाइँ हामी मात्र होइन विश्वकाे कुना कुनामा बस्ने उनीहरुको फलोअर्स हुन्छन । प्रतिक्रिया दिउ तर सब्य  कसरी अर्को भिडियोमा राम्रो गर्न सक्छिन भनेर।